राष्ट्रपतिमा साझा व्यक्तित्व खोजौँ : माओवादी 

काठमाडौँ । राष्ट्रपतिमा साझा व्यक्तित्व खोजी गर्ने माओवादीले निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको माओवादी स्थायी समिति बैठकमा यस्तो निष्कर्ष भएको बैठकमा सहभागी एक नेताले मकालुखबरलाई बताए ।

ती नेताले भने, ‘बैठकमा साझा व्यक्तित्व खोजी गर्ने कुरा भएको छ । राष्ट्रपतिको उम्मेदवार सबै दलले स्विकार्ने खालको हुनुपर्छ । सबै दलबीच सहमतिमा यो निर्णय गरौँ भन्ने छलफल भएको छ ।’

हाल राष्ट्रपतिका लागि कांग्रेस र एमालेले उम्मेदवार अगाडि सार्ने अडान लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *