दीपकराज गिरीको स्टाटसमा बालेनको ‘अभिमानी’ कमेन्ट

काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीको स्टाटसमा जवाफ फर्काएका छन् । गिरीले गृहमन्त्री रवि लामिछाने र मेयर बालेनको समर्थन गर्दै फेसबुकमा लेखेको स्टाटसमा बालेनले उल्टै प्रश्न गरेका हुन् ।

गिरीले लेखेका थिए ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास गर्‍यौँ, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम पाँच वर्ष त विश्वास गरौँ ।’

यो स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरू पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?’

पछिल्लो समय सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाका कारणले पनि बालेन विवादमा पर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *