रवि, बालेनहरूलाई ५ वर्ष त विश्वास गरौँ

काठमाडाैँ । चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले रवि लामिछाने र बालेन शाहहरूलाई कम्तिमा ५ वर्ष विश्वास गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीको आलोचना भएपछि गिरीले यस्तो बताएका हुन् ।

कांग्रेस, एमाले, माओवादीलाई वर्षौं विश्वास गरेको उल्लेख गर्दै रवि र बालेनहरूलाई ५ वर्ष विश्वास गर्नुपर्ने उनको धारणा छ । ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौँ विश्वास गर्यौँ । अब रवि, बालेनहरू आएका छन्, उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *