‘साताका सात’ तस्बिर

पृथ्वीनारायणप्रति श्रद्धा
३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा सिंहदरबारअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै सर्वसाधारण ।

पुनर्मिलनको हात
कांग्रेस सहितको गठबन्धन छाडेर अर्कै गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहालसँग हात मिलाउँदै कांग्रेस सभापति शेर बहादुर देउवा ! कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसमेत दिएको छ ।

सलामीको तयारी
राष्ट्रिय एकता दिवसको दिन पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी गारत दिन लामबद्ध सेना ।

विश्वासको मत लिएपछि प्रचण्ड
संसद्बाट विश्वासको मत प्राप्त गरेपछि सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ।

जाडोको घाम प्यारो
काठमाडौँको माइतीघरको सडकपेटीमा पारिलो घाम ताप्दै वृद्ध ।

छुटे सन्दीप
नाबालिग बलात्कार मुद्दामा पुर्पक्षका लागी थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतको आदेशसँगै नगद २० लाख धरौटीमा छुटेका छन् ।

माइतीघरमा न्यायका लागि लालटिन
बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै अनिश्चितकालीन धर्ना र रिले अनसनमा बसिरहेका आन्दोलनकारीहरूसँग माइतीघर मण्डलामा लालटिन बालेर एकबद्धता प्रस्तुत गर्दै डाक्टर गोविन्द केसी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *