पुस २८ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. पुस २८, २०७९ । ई.सं. १२ जनवरी २०२३ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ पोहेलाथ्व । नल दक्षिणायन हेमन्त । बिहीबार माघ कृष्णपक्ष । तिथि- पञ्चमी, १३:१० बजे उप्रान्त षष्ठी । नक्षत्र- पूर्वफाल्गुनी, ११:४७ बजे उप्रान्त उत्तरफाल्गुनी । योग- सौभाग्य, १०:३७ बजे उप्रान्त शोभन । करण- तैतिल १३:११ बजेदेखि गर, २५:४३ बजे उप्रान्त वव । चन्द्रराशि सिंह । आनन्दादि योग गद । दिनमान २६।११ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२६ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । नयाँ तथा शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लगनशीलताले कामहरू सहजै अगाडि बढ्ने छन् । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । शुभ समाचार पनि सुन्नमा आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । अधुरा कार्यहरू पुरा हुन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढ्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिन सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्नसक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनमा चिन्ता र दुबिधा उत्पन्न पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *