आईपीएलको फाइनलमा हैदराबादको खराब ब्याटिङ, कोलकातालाई ११४ रनको सामान्य लक्ष्य

आईपीएलको फाइनलमा हैदराबादले खराब ब्याटिङ गरेकाे छ। कोलकातालाई ११४ रनको सामान्य लक्ष्य दिएकाे छ।

आईपीएलकै इतिहासमा किर्तिमानी रन बनाएको हैदराबादले फाइनलमा भने खराब प्रदर्शन गर्यो। कोलकाता नाइट राइडर्सविरुद्ध पूरै ओभर पनि ब्याटिङ गर्न सकेन।

टस जितेर पहिले ब्याटिङ रोजेको सन राइजर्स हैदराबाद ९ बल बाँकी हुँदै अलआउट भयो।  हैदराबादका दुवै ओपनर चलेनन् भने त्यसपछिका ब्याटरले रनका लागि संघर्ष गर्न सकेनन्।

ओपनर अभिशेख शर्मा २ रनमा बोल्ड हुँदा ट्राभिस हेड पहिलो बलमै पेबेलियन फर्किए। राहुल त्रिपाठीले १३ बलमा ९ रन बनाउँदा आइडेन माक्रामले २० रन र कप्तान प्याट कुमिन्सले बनाएको २४ रन नै इनिङ्सकै सर्बाधिक रन बन्यो।

नितिश कुमार १३, हेइनरिच क्लासेन १६, सभाज अहमेद ८, अब्दुल समाद ४ तथा जयदेव उनाडकट ११ बल खेलेर ४ रनमा आउट भए।

कोलकाताका मिचेल स्टार्क र हर्सित रानाले समान २ विकेट लिँदा आन्द्रो रसेलले २.३ ओभरमै ३ विकेट लिए।

भैभव अरोरा, सुनिल नरिने र भरुन चक्रभर्तीले पनि एक एक विकेट हात पारे। कोलकाताले जवाफी ब्याटिङ थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *