आईपीएलको उपाधि कोलकातालाई, फाइनलमा हैदराबाद स्तब्ध

सनराइजर्स हैदराबादमाथि सहज जितसहित इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ। आइतबार बेलुका भएको खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले सहजै पूरा गर्दै ८ विकेटको जितसहित उपाधि चुमेको हो।

कोलाकाताले मात्रै २ विकेट गुमाएर ११ औं ओभरको तेस्रो बलमा लक्ष्य भेट्टायो। कोलकाताको जितमा ओपनर रहमानुलाह गुर्वाजले ३२, सुनिल नरिने ६ रन बनाए।

भेन्कातेश ऐर ५२ रनमा नटआउट रहँदा श्रेयस ऐरले पनि नटआउट ६ रनको योगदान दिए। हैदराबादका प्याट कुमिन्स र शवाज अहमदले एक एक विकेट लिए पनि टोलिको लज्जासपद हार टार्न सकेनन्।

शानदार प्रदर्शन गर्दै फाइनलमा पुगेको हैदराबाद भने कोलकाताविरुद्ध ब्याटिङ नचल्दा पूरै ओभर समेत खेल्न सकेन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सनराइजर्स हैदराबाद ९ बल बाँकी हुँदै ११३ रनमा अलआउट भयो।

हैदराबादका दुवै ओपनर चलेनन् भने त्यसपछिका ब्याटरले पनि रनका लागि संघर्ष गर्न सकेनन्।

ओपनर अभिशेख शर्मा २ रनमा बोल्ड हुँदा ट्राभिस हेड पहिलो बलमै पेबेलियन फर्किए। राहुल त्रिपाठीले १३ बलमा ९ रन बनाउँदा आइडेन माक्रामले २० रन र कप्तान प्याट कुमिन्सले बनाएको २४ रन नै इनिङ्सकै सर्बाधिक रन बन्यो।

नितिश कुमार १३, हेइनरिच क्लासेन १६, सभाज अहमेद ८, अब्दुल समाद ४ तथा जयदेव उनाडकट ११ बल खेलेर ४ रनमा आउट भए।

कोलकाताका मिचेल स्टार्क र हर्सित रानाले समान २ विकेट लिँदा आन्द्रो रसेलले २.३ ओभरमै ३ विकेट लिए।

भैभव अरोरा, सुनिल नरिने र भरुन चक्रभर्तीले पनि एक/एक विकेट हात पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *