‘साताका सात’ तस्बिर

रङ्गिँदै रेलिङ
काठमाडौँको नयाँ सडक क्षेत्रमा पेटीमा राखिएको रेलिङ रंग्याउँदै कामदारहरू ।

न्यायको आस
बाँकेकी निर्मला कुर्मीको न्यायको माग राख्दै काठमाडौँको माइतीघरमा तेस्रो चरणको आन्दोलनमा उत्रिएका आन्दोलनकारी ।

मौसमी व्यापार
टुँडिखेलमा तमु ल्होसार मनाइरहँदा साइकलमा बदाम लगायतका सामाग्री बेच्दै एक मौसमी व्यापारी ।

ज्ञानको चिहान
बत्तीसपुतली स्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेको नाटक ‘ज्ञानको चिहान’ को एक दृश्य ।

ल्होसारको रौनक
तमु ल्होसार बनाउने क्रममा परम्परागत पहिरनमा सजिएका गुरुङ बालिकाहरू ।

सांस्कृतिक मोह
काठमाडौँको वसन्तपुरमा तमु ल्होसार मनाउन परम्परागत पहिरनमा सजिएका गुरुङहरूसँग रमाउँदै पर्यटक ।

एकआपसमा साहारा
काठमाडौँको नयाँ सडकमा एकआपसको सहारामा सडक पार गर्दै दृष्टिविहीनहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *