‘साताका सात’ तस्बिर

आजाद हाँसो
कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई अध्यागमन कार्यालय ल्याउँदा खुसीको हाँसो हाँस्दै अधिवक्ता शकुन्तला विश्वास ।

समाचारको पर्खाइ
कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई अध्यागमन कार्यालय ल्याउँदा फोटो र भिडियो खिच्ने पर्खाइमा पत्रकारहरू ।

हरिहरको स्नान
बुढानीलकण्ठमा रहेको हरिहरको मूर्तिलाई नित्य पूजा अघि दूधले स्नान गराउँदै ।

झिटीगुन्टा सम्हाल्दै
कामपा १० देवीनगरमा धोबीखोला मिचेर बनाइएको अवैध संरचनामा महानगरले डोजर चलाउँदा, आफ्नो लत्ताकपडा बोकेर बाहिर निस्कँदै ।

सन्चै हो ?
शपथग्रहण कार्यक्रममा सहभागी हुँदा, बिरामी भएका माधवकुमार नेपालको हालखबर बुझ्दै प्रचण्ड ।

बाक्लो बस्ती
काठमाडौँको बाक्लो बस्ती बिच देखिएको विमानस्थल ।

शपथग्रहणमा भागवत् गीता
नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्मा, शपथग्रहण स्थलमा भागवत गीता सहित प्रवेश गर्दै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *