मधेशी भाषामा शपथ लिएका सीके राउतको पुत्ला जलाइयो

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ मधेशी भाषामा लिएपछि विवादमा तानिएका छन् । राउत सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्  । उनले शपथ लिएको मधेशी भाषाको कुनै दस्तावेज नरहेको भन्दै विरोध सुरु भएको हो ।

मैथिली साहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, आईलभ मिथिला डटकमका अध्यक्ष विद्यानन्द यादव र मिलाफका अध्यक्ष रमिला शाहले प्रेस विज्ञप्ति जारी गरेर राउतको विरोध गरेका हुन् । मधेशी भाषाको विरोधमा उक्त संस्थाका पदाधिकारीहरूले उनको पुत्ला समेत जनाएका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भाषाको सूचिमा मधेशी भाषा कतै उल्लेख छैन  । मधेशी भाषामा लिएको शपथ अवैध हो । राउतले मैथिली भाषीको अपमान समेत गरेका छन् ।’

डा। राउतको शपथ खारेज गरी पुनः शपथ नगराए संघीय संसद् सचिवालय कडा आन्दोलन गर्ने उक्त संस्थाका पदाधिकारीले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *