सोविताले लेखिन, ‘अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भइसक्यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बलात्कारसम्बन्धी विषयमा आफ्नो अभिव्यक्ति भाइरल भएपछि अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएकाले अब यस्तो शब्द प्रयोग नगर्ने बताएकी छन् ।

उनले ट्विटरमा लेखेकी छन्, ‘यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो । त्यस कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरूले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु ।’

उनले लेखीन, ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकि, अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’

याे पनि

सोविता गौतमले बलात्कारबारे के भनेकी थिइन् ? जसको हुँदैछ आलोचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *