शङ्खपार्कमा एक पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको शङ्खपार्कमा एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने ‘आज शङ्खपार्कमा एक पुरुषको शव भेटिएको छ, पहिचान खुलेको छैन, शव पहिचानका लागि अनुसन्धान गरिरहेका छौँ ।’ शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *