अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको टिप्पणी गरेका छन् ।

सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पारे ।

‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ उनले भने, ‘हाहा हुहु गरेको भरमा मन्त्री पनि ताल पर्दा बहुमत कसैको पनि छैन । यसलाई मिलाउ, त्यसलाई मिलाउ भन्दा को मन्त्री पर्छ, को पर्दैन ?’

त्यागको अवमूल्यन र अपमान गर्ने भुई फुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भएपनि धेरै टिक्न नसक्ने बताए ।

उनले त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरुको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराए ।

‘आन्दोलनमा, देशमा विभिन्न प्रकारका प्रवृत्तिहरु प्रकट भईरहन्छन । यस कुरामा निम्ति हावाहुरीका सृजना गरेका अस्थायी विभिन्न किसिमका झट्काहरु या आवधिक अस्थायी प्रवृत्तिहरु, जो जिम्मेवार छैन’उनले भने, ‘जो एकलकाटे छ । त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न र ईतिहासविना छोटै अवधि छ स्थापना भएको भने पनि त्यसको एउटा इतिहास बनिसकेको हुन्छ ।’

अध्यक्ष ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रुपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *