आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका चार मन्त्रीको पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री बनेका चारै जनाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आफ्नो आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम सञ्चारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका हुन् ।

आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाए पनि सार्वजनिक नभएपछि आज पत्राचार गरेको एक मन्त्रीले बताए।

एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबाट मन्त्री भएकाहरुले सम्पत्ति विवरण सार्वजनिक गर्न नमान्दा आफूहरूको पनि सम्पत्ति विवरण सार्वजनिक नभएपछि पत्राचार गर्नुपरेको रास्वपाका मन्त्रीको भनाई छ।

कानुनतः प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुपर्ने र यस्तो विवरण दुई महिनाभित्र राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ। तर, सार्वजनिक गर्न कानुनी रूपमा बाध्यकारी व्यवस्था भने छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *