निर्वाचित सदस्यको विवरण सातै प्रदेश प्रमुखलाई बुझाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ ।

बागमतीसहित सात वटै प्रदेशका प्रदेश प्रमुखहरू समक्ष निर्वाचित सदस्यहरूको विवरण एउटै समयमा पेस गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । यसका लागि आयोगका पदाधिकारी हरेक प्रदेशका राजधानी पुगिसकेका छन् ।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

आयोगले यसअघि प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतलाई बुझाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *