उपनिर्वाचन जित्नु मिसन ०८४ सफलताको सुरुआत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुआत भएको बताएका छन् ।

सोमबार वरिष्ठ राजनीतिज्ञ सिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले मिसन ०८४ लाई सफल पारेर छाड्ने बताए । ‘दुईवटा उपनिवार्चन एमालेले जित्यो । मिसन ०८४ तर्फको सफलताको सुरुआत हो,’ ओलीले भने, ‘मिसन ०८४ सफल पारेर छाड्छौँ ।’

ओलीले पार्टीले सही बाटो समातेको दाबी गरे । पार्टी नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्नेसमेत बताए । ‘सबै आफूलाई वामपन्थी भन्ने, कम्युनिष्ट भन्ने सबै शक्ति र व्यक्तिलाई पनि एमालेको सही धार छ,’ ओलीले भने, ‘यस धारमा समाहित हुन आग्रह गर्छु । सबै आउनुस् । एकजुट हुनुस् ।’

उनले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टीमा आउन राखेको चाहनाबारे खासै जवाफ दिएनन् । ‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । अहिले छलफल गर्ने यो थलो उपयुक्त हैन,’ च्यासलमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसमा प्रवेश गर्दिनँ । पछि छलफल गर्छौैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *