सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । बैठक केहीबेरपछि संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा प्रस्तुत हुने रणनीतिलगायत विषयमा छलफल हुनेछ ।

संसद्को बजेट अधिवेशन वैशाख २८ गते शुरु हुँदैछ । गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी अपलचनमा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको उसले समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको छ ।

यही सेरोफेरोमा रास्वपाको बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *