‘साताका सात’ तस्बिर

रेशम चौधरीलाई न्याय माग्दै
अहिले डिल्लीबजार कारागारमा कैदी जीवन बिताइरहेका रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका समर्थकहरू ।

हातभरि राष्ट्रिय झण्डा
पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाउन हातभरि राष्ट्रिय झण्डा बोकेर माइतीघर आएका एक सहभागी ।

पर्यटकलाई लोभ्याउँदै
विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रमा सारङ्गी बजाएर पर्यटक आकर्षित गर्दै । साना व्यापारीहरू यसरी सारङ्गी बजाउँदै पर्यटकहरूलाई सारङ्गी बेच्ने गर्दछन् ।

छोरीको सम्झनामा
विश्वनिकेतन माविमा अध्ययनरत सदिक्षा चौधरीको आत्महत्यापछि  उनको न्यायको लागी माइतीघरमा प्रदर्शन हुँदा भावबिहोल हुँदै सदिक्षाकी आमा र दिदी ।

बिहानी यात्रा
साँगास्थित झोलुंगेपुलमा यात्रा गर्दै सर्वसाधारण । यो पुल साँगा महादेव जान बनाइएको हो ।

चन्द्रोदय
भक्तपुरको सिपाडोलबाट खिचिएको उदाउँदै गरेको पूर्णचन्द्र ।

ऐतिहासिक दस्ताबेज कवाडीमा
केशरमहल परिसरमा फालिएको ऐतिहासिक कागजातहरू । शिक्षा मन्त्रालय र त्यस मातहतको कार्यालय त्यहाँबाट सर्दा यस्ता कागजात छाडेर गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *