प्रचण्डको सन्देश लिएर केपी ओली भेट्न पुगे देव गुरुङ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा गुरुङले एमाले अध्यक्ष ओलीलाई चुनाव जितेकोका शुभकामना दिए । साथसाथै, समसामयीक राजनीतिक विषयमा पनि सामान्य ढंगले छलफल भएको भेटमा नेताहरु बताउँछन् ।

एमाले अध्यक्ष ओलीलाई भेट्न गुरुङ पार्टीका तर्फबाट गएका हुन् । अर्थात, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा गुरुङले ओलीलाई भेटेर चुनाव जितेकोमा बधाई दिए । यसअघि पनि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

भेटपछि माओवादी महासचिव गुरुङले बधाई दिनका लागि गएकाले अन्य विषयमा विस्तृत छलफल नभएको बताए । सरकार गठनको औपचारिक समय सुरु नभएका कारणले पनि सरकार गठनको प्रयासको विषयले नेताहरुको बीचमा औपचारिक छलफल हुन नसक्ने उनको भनाइ छ ।

‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन् । त्यसकबारण यसबीचमा हुने भेटघाट बधाइ दिनेमै केन्द्रीत हुन्छन्,’ महासचिव गुरुङले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *