संसद् सचिवालयका सचिव घिमिरेले ९ महिना बाँकी छँदै दिए राजीनामा

काठमाडौँ । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’ सचिव घिमिरेले भने । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।

घिमिरेले मंगलबार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।

समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *