गाउँपालिका महासंघको अध्यक्षमा हुप्सेकोटकी लक्ष्मी पाण्डे
२०७९ मंसिर २७ गते

पोखरा । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छन् ।
धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाएको हो । त्यस्तै दोस्रो ठूलो दल एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाउने छ ।
महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन् । दलहरुले सहमतिका आधारमा नेतृत्व चयन गरेका हुन ।
२०७९ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित









