सुकुम्वासी समस्याप्रति मेयर संवेदनशील हुनुपर्छ : डा. लोहनी

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्वासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताएका छन् । सहरका सुकुम्वासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्वासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उनले बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्वासी पहिचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्‍यो भन्ने नगरवासीलाई बुझाउनु जरुरी छ ।’

उनले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गरेका छन् । उनले भने, काठमाडौँको मेयर बालेन्द्र जीको आजसम्मको कामको जनता ले प्रशंसा गरेका छन् । काठमाडौँको मेयरमा एउटा पक्का इमानदार, पैसामा लोभ न राख्ने र केही सकारात्मक काम गरूँ भन्ने पढे लेखेको नेता पाएको जनतामा छाप छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *