‘साताका सात’ तस्बिर

यो साता हामीले ‘साताका सात’मा मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनका तस्बिरहरूलाई विशेष स्थान दिएका छौँ ।

खुल्ला सडकमा फुटबल
मंसिर ४ मा भएको आम निर्वाचनको दिन सवारीसाधन नचल्दा पुतलीसडकको खाली सडकमा फुटबल खेल्दै सर्वसाधारण ।

जितको सगुन
काठमाडौँ ४ बाट प्रतिनिधि सभामा जित हासिल गरेपछि समर्थकहरूले सगुन स्वरूप दिएको दही खादै कांग्रेस नेता गगन थापा ।

मोबाइलमा सम्झना कैद
४० दिनको जागिरपछि बिदाइ हुँदै गर्दा सहकर्मीको तस्बिर आफ्नो मोबाइलमा कैद गर्दै एक म्यादी प्रहरी ।

दुर्लभको विजयोत्सव
एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई भक्तपुर २ बाट कांग्रेसका दुर्लभ थापाले हराएपछि विजय जुलुसमा रमाउँदै समर्थकहरू ।

मतदानप्रतिको आकर्षण
प्रदर्शनी मार्गमा रहेको वाल्मीकि विद्यापीठ मतदान स्थलमा व्हिलचेयरमा बसेर मतदान गर्न जाँदै एक असक्त महिला ।

जितको खुसी साट्दै
माओवादीकी प्रभावशाली नेतृ पम्फा भुसाललाई हराउँदै ललितपुर ३ बाट चुनाव जितेकी रास्वपाकी तोसिमा कार्की, जितको खुसी साट्दै ।

सुनसान सडक
मंसिर ४ मा भएको आम निर्वाचनको दिन अनुमति लिएका बाहेकका सवारीसाधन नचल्दा सुनसान देखिएको काठमाडौँको सडक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *