केन्द्रीय प्रहरी प्रवक्ता टेक प्रसाद राई दक्षिण कोरिया प्रस्थान

काठमाडौँ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओ प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालय दक्षिण कोरियाको आयोजनामा मङ्सिर ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी नायव महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =