‘साताका सात’ तस्बिर

जात्रा मोह !
चाबहिलको चन्द्रविनायक जात्राको अन्तिम दिन, सिन्दुरेजात्रामा सहभागी विदेशी ।

लालपुर्जा खै ?
आफूलाई व्यवस्थित बासको माग राख्दै आन्दोलनमा उत्रिएका भूमिहीनहरू ।

चुनावको क्रेज
दशरथ रङ्गशालामामा नेपाल र पाकिस्तानबीच भएको मैत्रीपूर्ण खेल हेर्न पुगेका दर्शक कांग्रेस नेता गगन थापाको समर्थनमा ब्यानर प्रदर्शन गर्दै ।

मोबाइलमा कैद
काठमाडौँ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले आमसभा गर्दा मोबाइलबाट भिडिओ कैद गर्दै एक सहभागी ।

गोलमा खुसी
पाकिस्तानसँग भएको मैत्रीपूर्ण खेलमा गोल गरेपछि खुसी साट्दै नेपाली स्ट्राइकर अञ्जन विष्ट ।

जात्रामा विद्यार्थी
चाबहिलको चन्द्रविनायक जात्राको अन्तिम दिन, सिन्दुरेजात्रामा सहभागी भएका स्कुले विद्यार्थीहरू ।

आमाको साथ
आफूलाई व्यवस्थित बासको माग राख्दै बच्चासहित आन्दोलनमा उत्रिएका भूमिहीन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *