चुनावपछि मुख्यमन्त्रीका विरुद्धमा सनसनी खुलासा गर्छु : कुमार खड्का

पोखरा । गण्डकी प्रदेश सरकारबाट बर्खास्तीमा परेका निवर्तमान भौतिक पुर्वाधार विकास मन्त्री कुमार खड्काले आफुसँग मुख्यमन्त्रीले गरेका कर्तुत सुरक्षित रहेको र चुनावपछि त्यसलाई सनसनी रुपमा खुलासा गर्ने बताएका छन् । बिहिवार पत्रकार सम्मेलन गर्दै उनले आफुलाई मन्त्रीबाहट हटाएको स्पष्टीकरण नदिए चुनावपछि आफुसँग भएको अडियो भिडियो सार्वजनिक गर्ने बताएका हुन् ।

‘उहाँले गर्नुभएका सनसनी खेज मसँग छन् । ति अडियो भिडियो चुनावपछि सार्वजनिक गर्छु,’ उनले भने, ‘यदी मलाई हटाउनुको चित्तबुझ्दो जवाफ पाएँ भने अहिले त्यो बाहिर ल्याउँदिन । नत्र सार्वजनिक हुन्छ ।’ खड्काले पार्टी हित विपरित काम गरेको आरोपमा २ दिनअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री पदबाट हटाएका थिए ।

त्यसलगत्तै खड्काले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री र आफुबीच पछिल्ला दिनहरुमा सम्बन्ध चिसिएको बताए । ‘उहाँको र मेरो सम्बन्ध पछिल्ला दिनहरुमा राम्रो छैन । बजेट विनियोजनका क्रममा उहाँहरुले गलत गर्नुभएको छ,’ उनले थपे । उनलाई पार्टीका आधिकारिक उम्मेद्वार विन्दुकुमार थापालाई हराउन लागेको आरोप छ ।

उनले गण्डकी सरकारले पुर्व पदाधिकारीलाई गाडी लगाएत सुविधा दिने प्रश्ताव ल्याउन लागेको बताए । ‘पुर्व पदाधिकारीका नाममा केही करोडका गाडी खरिद हुँदै छ,’ उनले भने, ‘सरकारले धेरै गलत काम गरेपछि मैले विरोध गरेको हुँ । त्यसको सिकार अहिले मन्त्रीबाट हट्नुप¥यो ।’ खड्काले आफुले अहिले पार्टी नछोड्ने बताए ।

‘हठात् मिडियाबाट बर्खास्त भएको थाहा भो । मेरो अभियोगबारे केही थाहा छैन । मैले प्रष्टीकरण दिन पाइनँ । त्यसपछि साथीहरुले पार्टी छोड्न लाग्नुभएको हो भनेर प्रश्न गर्नुभएको छ,’ उनी भन्छन्, ‘टिकट नपाउने भन्दा पनि अपमान भएको महसुश गरें । म पार्टी छोड्दिनँ । ४ तारे झण्डा ओढेरै मर्छु भनेर कांग्रेस पसेको हुँ । भोट रुखमा हाल्छु, रुखमा मत माग्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =