नेपालले युएईलाई ३ विकेटले हरायो

काठमाडौँ । पाहुना टोली युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।
पहिलो खेलमा ८२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई ३ विकेटले हराउँदै सिरिज १–१ को बराबरी गरेको हो।
यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ओभरमा ७ विकेट गुमाउँदै भेटायो। यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।
हार नजिक पुगेको नेपाल सातौँ विकेटका लागि गुल्सन झा र आरिफ शेखले ६२ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए। आरिफ शेख ३३ र सोमपाल कामी १६ रनमा नटआउट रहे।
गुल्सन ३७ रनमा क्याच आउट भए। कुशल भुर्तेलले ३५ रन बनाए। ज्ञानेन्द्र मल्लले २६ रन थपे। दीपेन्द्र सिंह ऐरी १३ रनमा बोल्ड आउट भए। कप्तान रोहित पौडेल ८ रनमा रनआउट भए। आशिफ शेख ६ र अर्जुन साउद शून्य रनमा आउट भए
रोहन मुस्ताफाले ३ विकेट लिए। हज्रत बिलालले २ तथा बसिल हमिदले १ विकेट झारे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएई ४३।२ ओभरमा १ सय ९१ रन बनाउँदा अलआउट भयो।
यूएईका ओपनर मुहम्मद वसिम र वृत्य अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे। अरविन्द २५ रन बनाउँदा पवेलियन फर्के। ३९ बलको सामना गरेका उनले ४ चौका हाने।
अर्का ओपनर वसिमले अर्धशतक प्रहार गरे। ४६ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। अलिसान सराफुले ३५, वसिर अमिदले २४ र कप्तान सीपी रिजवान २२ रन थपे। विष्णु सुकुमारमले १५ रन बनाए।
नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ४१ रन खर्चे। सोमपालले ७.२ ओभरमा ३५ रन दिए। करण केसी, गुल्सन झा, दिपेन्द्र सिंह एरि र कुशल भुर्तेलले समान १ विकेट झारे।








