कार्तिक २६ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. कार्तिक २६, २०७९ । ई.सं. १२ नोभेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलागा । नल दक्षिणायन शरद । शनिबार मार्ग कृष्णपक्ष । तिथि- चतुर्थी, २०:३४ बजे उप्रान्त पञ्चमी । नक्षत्र- मृगशिरा, ७:०२ बजे उप्रान्त आर्द्रा । योग- सिद्ध, २२:२१ बजे उप्रान्त साध्य । करण- वव ७:३८ बजेदेखि वालव, २०:३४ बजे उप्रान्त गर । चन्द्रराशि मिथुन । आनन्दादि योग वज्र । दिनमान २७।०० । सूर्योदय ६:२३ । सूर्यास्त १७:११ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा समेत चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । शेयर बजारमा लगानी गर्नु उपलब्धीमूलक नहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफूले गरेका कामबाट राम्रै लाभ हुनेछ । राजनैतिक सफलता मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्ममा मन जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *