टी २० विश्वकप : जिम्बाबे बंगलादेशसँग हार्‍यो

काठमाडौँ । टी२० विश्वकप जिम्बाबे बंगलादेशसँग हारेको छ । अष्ट्रेलियामा जारी आईसीसी टी२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले जिम्बाबेमाथि ३ रनको जित हात पारेको छ ।

आइतबारको खेलमा १५१ रनको लक्ष्य पछ्याएको जिम्बाबे निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएको हो ।

यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनाएको थियो । बंगलादेशलाई सम्मानजनक स्कोरमा पुर्‍याउने क्रममा नाजमुल हुसेन शान्टोले सर्वाधिक ७१ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको जिम्बाबेका लागि सिन विलियम्सले ६४ रनको पाली खेले पनि टोलीलाई जित भने दिलाउन सकेनन् । बंगलादेशका लागि तस्किन अहमदले ३ विकेट लिएका थिए ।

यससँगै बंगलादेशले ३ खेलबाट ४ अंक बनाएको छ। अब उसले भारत र पाकिस्तानसँग खेल्न बाँकी छ। यी दुई टोलीसँगको खेलले बंगलादेशको माथिल्लो चरणको यात्रा तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *