ओलीले देउवालाई भने, : ‘दार्चुलाको व्याँस घटनाबारे सत्य तथ्य बाहिर ल्याउ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय ज्यादती बारे प्रधानमन्त्री शेरबहादुर देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ओलीले ढुंगाले लागेर दार्चुलाको व्याँस गाउँपालिका २ का बालक पवन महराको ज्यान गएको घटनाको सत्य तथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग पनि गरेका छन् ।
सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा नेपाली बालकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न गरेका हुन् ।
भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले भनेका छन्, ‘ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् ।
शुक्रवार दार्चुलाको सीमा क्षेत्रमा भारतले सडक कटान गर्ने क्रममा विस्फोट गराउँदा ढुंगा उछिटिएर नेपाल तर्फ आएको थियो । सोही ढुंगाले लागेर १४ वर्षका महराको मृत्यु भएको थियो ।









