‘साताका सात’ तस्बिर

नेपाल सम्बत ११४३ लाई स्वागत
नेपाल सम्बत ११४३ को उपलक्ष्यमा आयोजित एक कार्यक्रममा नेवारी पोसाकमा सजिएकी बालिका ।

बालगोपालेश्वरमा भाइटिका
वर्षको एकदिन मात्र खुल्ने रानीपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी र दाजुभाइ नहुनेहरूले भाइटिकाको दिन दर्शन गरी टिका लगाउने गर्दछन् ।

देउसी खेल्दै कलाकार
तिहारमा गोकर्णेश्वरको नयाँपाटीमा आयोजित देउसी कार्यक्रममा देउसी खेल्दै चर्चित लोकगायक नवराज घोरासैनी लगायतका कलाकारहरू ।

कुकुरको कला
कुकुर तिहारको दिन नेपाल प्रहरीको तालिम प्राप्त कुकुर आफ्नो कला देखाउँदै ।

ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण
गाईतिहारको दिन गोकर्णेश्वरको झण्डा पार्कबाट देखिएको ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण ।

धान भित्राउने चटारो
भक्तपुर ल्योसिंख्य (योसिंखेल)को खुल्ला डबलीमा धान बताउदै कृषक । अहिले त्यस क्षेत्रका किसानहरूलाई धान भित्राउने चटारोले छोपेको छ ।

गाईपुजा
गाईतिहारको दिन असहाय गाई बाच्छा संरक्षण अभियान स्थलमा रहेका गाईहरूको पूजा गरिँदै ।

प्रतिक्रिया

One thought on “‘साताका सात’ तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *