प्रधानमन्त्री कप क्रिकेटका लागि गण्डकीको टोली घोषणा

पोखरा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । क्रिकेट संघ गण्डकीले १८ खेलाडी सहितको टोली तयार गरेको हो । कात्तिक २ देखि ८ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । १४ नियमित र ४ जना बैकल्पिक खेलाडीको टुंगो लागेको हो ।

टोलीको कप्तानी विपिन खत्रीले गर्ने छन् । टोलीमा चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पंगेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार समेटिएका छन् । दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली बैकल्पिक खेलाडीको रुपमा छनोट भएका छन् ।

रिजन प्रजु प्रशिक्षण दिने छन् भने व्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । कात्तिक १३ गतेदेखि २६ गतेसम्म काठमाडौंमा प्रधानमन्त्री कप क्रिकेट हुँदै छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =