घरमा सिसा र ढुंगा टाँस्न दिँदा कति जोखिम ?

पछिल्लो समय काठमाडौँमा अनेकथरीका घर बनेको देखिन्छ । घरलाई आकर्षक देखाउनका निम्ति सिसा हाल्ने र ढुंगा छाप्ने क्रम बढेको छ । माथिदेखि तलसम्म सिसा हालेको घरहरू काठमाडौँमा छ्यापछ्याप्ती भेटिन्छन् । यता, राम्रो देखाउनका लागि ढुंगा हाल्ने गरेका छन् । तर, यसले जोखिम निम्त्याएको छ । आफ्नो फाइदाका लागि उनीहरूले सिसा र ढुंगा हालेर घर बनाइरहेका छन् ।

घर आकर्षक देखेपछि बेच्दा पनि महँगो पैसा आउने भएकाले यस्तो चलन चलेको हो । सिसा र ढुंगा हाल्ने ट्रेण्ड नै चलेको छ । जता हेरे पनि त्यस्तै खाले घरहरू मात्र देखिन्छन् । केही कारणले सिसा फुंगा उम्कियो भने यसले निम्त्याउने क्षति भने ठूलो छ । भूँइचालो गयो भने सबैभन्दा धेरै यस्ता घरहरूमा क्षति हुन्छ । सिसा कच्ची हुने भएकाले सबै झारम झुरुम फुटिहाल्छ ।

एक करोड पर्ने घरमा ढुंगा टाँसेर र सिसा हालेर तीन करोडमा बेच्छन् । आफू नाफा खानका लागि सिसा र ढुंगा हाल्ने गरेको पाइन्छ । कमसल सामान हालेर व्यापारिक घरहरू बनाउने अनि चर्को रकममा बेच्ने । तर, यसबाट हुने क्षतिबारे उनीहरूले सोचेका छैनन् । सिसा फुटेर बाटो हिँड्नेको माथि पर्‍यो भने त्यसको जिम्मेवार को ? सिसा लागेर मान्छे घाइते मात्र होइन, ज्यानसमेत जान सक्छ ।

ढुंगा त चिप्काएको मात्र हुन्छ । जुनैबेला पनि उप्किएर खस्न सक्छ । ढुंगा टाउको आएर बजारियो भने के हुन्छ ? भुँइचालोले हल्लायो भने सिसा फुट्न त बेर पनि लाग्दैन । उता, ढुंंगा उप्किएर भटाभट खस्न थालिहाल्छ । बाटोमा सवारी साधन गुडाइरहेकालाई पनि यो बाट उत्तिकै जोखिम छ । एकातिर टल्केको सिसातिर आँखा पर्छ अर्कोतिर सवारी साधन ठोक्किन्छ ।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले सिसा हटाउन र ढुंगा निकाल्न निर्देशन दिएको छैन । यता, काठमाडाैँ उपत्यका विकास प्राधिकरणले यस विषयमा कुनै चासो देखाएको पाइदैन । मापदण्डविपरीत बनेका यस्ता घरहरूले सम्पूर्णताको प्रमाणपत्र पाएका छन् । यसअघिका जनप्रतिनिधिहरूले मोटो रकम लिएर घर सम्पूर्णताको प्रमाणपत्र दिएको पाइन्छ ।

कमसल सामान हालेर व्यापारिक घरहरू बनाउने अनि चर्को रकममा बेच्ने । तर, यसबाट हुने क्षतिबारे उनीहरूले सोचेका छैनन् । सिसा फुटेर बाटो हिँड्नेको माथि पर्‍यो भने त्यसको जिम्मेवार को ? सिसा लागेर मान्छे घाइते मात्र होइन, ज्यानसमेत जान सक्छ ।

यता, अपार्टमेण्टहरुले पनि पैसा खान दिएर सम्पूर्णताको प्रमाणपत्र लिएको पाइन्छ । काठमाडाैँ उपत्यकाका घरहरू हेर्ने हो भने आँखामा काँडा बन्छ । एउटा घरमा सिसा छ, सँगैको घरमा ढुंगा । फेरि अर्को घर भने साधारण छ । जसले गर्दा काठमाडौँको सुन्दरतामा ह्रास आएको छ । सिसा र ढुंगा हटाउनका लागि शहरी विकास मन्त्रालयले कुनै नीतिनियम बनाएको छैन ।

सिसा र ढुंगा नहटाउने घरहरूलाई राज्यबाट पाउनुपर्ने सबै सेवासुविधा बन्द गरिदिने निर्णय गर्नुपर्छ । त्यस्तै, त्यस्ता घरको किनबेचमा पनि प्रतिबन्ध लगाउनुपर्छ । नमानेमा सरकारले नै ती घरहरू भत्काइदिनुपर्छ । न घर बनाउँदा माटो चेक गर्छन् । सरकारको मापदण्डभित्र रहेर घर बनाउँदैन । एक आना जग्गामा पाँच तलाको घर बनाएका छन् । त्यसमा पनि सिसा र ढुंगा हालेर ।

सरकारले यस्ता घर बनाउनेलाई प्रतिबन्ध लगाउन सकेको छैन । मापदण्डभित्र रहेर घर नबनाउनेलाई सरकारले कारबाही पनि गरेको छ । यस्ता घर बनाउन दिँदा शहर अस्तव्यस्त बनेको छ । जनताले शहरी विकासमन्त्री मेटमणि चौधरीसँग यस्ता घरहरूमा भएको सिसा र ढुंगा हटाउन माग गर्छन् । अवज्ञा गरेको खण्डमा कानुनबमोजिम कारबाही अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

राम्रो र सुन्दर शहर बनाउनका लागि सरकारले कडा कारबाही अघि बढाउन जरुरी छ । सरकारले अझै पनि खुकुलो छोडिदिने हो भने यसको धेरैको ज्यान लिन सक्छ । बाटोमा हिँड्नेमाथि जोखिम बढेको छ । ढुंगा टाँस्ने काम भनेको मान्छे मार्ने काम हो । यता, सरकारले सिसा हाल्न पनि बेलैमा प्रतिबन्ध लगाउनुपर्ने हो । काठमाडौँका मेयर बालेन शाहले ढुंगा र सिसा हटाउन छिटै नै निर्णय गर्छन् भनेर अपेक्षा गरेका छन् ।

जोखिम बढाउने चीजहरूसँग धेरै बेर खेल्नु हुँदैन । घर एकदमै बलियो हुनुपर्छ । जस्तोसुकै विपत् आएपनि थेग्ने खालका घरहरू बनाउनुपर्छ । यस्ता कच्ची सामानको प्रयोग गरेर घर बनाउनमा रोक लगाउनुपर्छ । यता, बनिसकेका घरहरूलाई अनुगमन गरेर कारबाही गर्नुपर्छ । घरजग्गा व्यापारीहरूले आफ्नो फाइदाको लागि यस्तो काम गरिरहेका छन् । हाम्रो हजुरबुवाको पालामा झिँगटीको घर हुन्थ्यो ।

झ्यालढोकामा काठकाठै हुन्थ्यो । तर, अहिले यस्तो घर कहाँ पाउनु ? विपत् आएपनि यस्ता घरले खासै क्षति पुर्याउदैन्थे । हाम्रो संस्कृति मासिँदै गयो, यस्ता घरहरू पछिल्लो समय बन्न छाडे । ढलान गरेका, सिसा हालेका र ढुंगा टाँसेका घरहरू बनाउन थालियो । अहिलेको घरहरूको तुलनामा पहिलेका घरहरू सयौँ गुणा राम्रा थिए । पर्यावरणमा ती घरहरूले खासै असरसमेत पुर्‍याएका थिएनन् ।

सरकारले छाडा छोडिदिँदा हाम्रो संस्कृति नै धरापमा पर्‍यो । चाँडो कमाउनका लागि जथाभाबी काम गर्नेहरू बढे । अरूको ज्यान जोखिममा राखेर आफू धनी बन्ने सपना देख्न थालियो । तर, यस विषयमा सम्बन्धित निकाय भने मौन छ । जनप्रतिनिधिहरूले यो काम रोक्न कुनै निर्णय अघि सारेका छैनन् । एकचोटि नक्सा पास गरेपछि र सम्पूर्णताको प्रमाणपत्र दिएपछि सरकारले अनुगमन गर्दैन ।

सयौँ वर्षसम्म सरकारले चेकजाँच गर्दैन । भित्र सबै चर्किएर धरापमा परिसकेको हुन्छ तापनि मान्छे बसिरहेका हुन्छन् । सरकारले वर्षमा दुई पटक घरहरूको चेकजाँच गर्नुपर्छ । सवारी साधनजस्तै नीतिनियम घरहरूमा पनि लागु गर्नुपर्छ । सरकारको स्वीकृतिबिना ढुंगा टाँस्ने र सिसा हाल्ने काम भएको छ । तर, सरकारले अनुगमन गरेर कानुनको दायरामा ल्याएको छैन ।

ठूल्ठूला व्यापारिक मल, सिनेमा घरहरू पनि छ्याप्पै सिसा टाँसेको पाइन्छ । भाटभटेनीलगायतका सुपरमार्केट र सिनेमा हलहरूमा जतिबेला पनि भीड भइरहेको हुन्छ । त्यस्तो ठाउँमा सिसा हाल्न दिँदा जोखिम झनै बढेको छ । कुन घरले सिसा हाल्न पाउने ? कस्ता घरले ढुंगा टाँस्न पाउने ? सरकारले नियम बनाउनुपर्छ । मान्छे बस्ने घरहरूमा किन सिसैसिसा चाहियो ?

सरकार आफैँ पनि टुलुटुलु हेरेर बसिरहेको छ । आफ्नो वडाभित्र कति घरहरूमा सिसा हालिएको छ ? कति घरमा ढुंगा टाँसिएको छ ? यसको विवरण राखिएको छैन । यति मात्र होइन, घरधनीहरूले आफूखुशी सिसी टिभी क्यामेरा जोडेका छन् । वडा, नगरपालिकाबाट स्वीकृति नलिईकन क्यामेरा राखेको पाइन्छ । पैसा छ भनेर देखाउनका लागि क्यामेरा जडान गर्ने काम भइरहेको छ ।

ठूल्ठूला व्यापारिक मल, सिनेमा घरहरू पनि छ्याप्पै सिसा टाँसेको पाइन्छ । भाटभटेनीलगायतका सुपरमार्केट र सिनेमा हलहरूमा जतिबेला पनि भीड भइरहेको हुन्छ । त्यस्तो ठाउँमा सिसा हाल्न दिँदा जोखिम झनै बढेको छ । कुन घरले सिसा हाल्न पाउने ? कस्ता घरले ढुंगा टाँस्न पाउने ? सरकारले नियम बनाउनुपर्छ । मान्छे बस्ने घरहरूमा किन सिसैसिसा चाहियो ?

धेरै घामले तात्यो भने पनि सिसा फुट्न सक्छ । यस्ता घरका कारणले बाटोमा हिँड्न डर लागेको सर्वसाधारणहरूको धारणा छ । यस्ता घरमा बस्न पनि जोखिम भएको उनीहरू बताउँछन् । सरकारले तत्काल यी जोखिमपूर्ण सामग्रीहरू हटाउन निर्देशन दिनुपर्छ । सवारी साधन चलाउने चालकहरूलाई समेत यसले सास्ती भएको छ । सिसा टल्केर सवारी साधन चलाउन अप्ठ्यारो हुने उनीहरू बताउँछन् ।

सिसा र ढुंगा नहटाउने हो भने सवारी साधन दुर्घटना बढ्छ । सरकारले चासो नदेखाउने, घरधनी आफ्नो फाइदाका लागि जे पनि गर्ने । अनि मारचाहिँ जहिले जनताले भोग्नुपर्ने । भाडाको गाडीको प्रत्येक ६ महिनामा जाँचपास चेक गरिन्छ । प्रदूषण पनि चेकजाँच हुन्छ । तर, प्राधिकरणले घरहरूको चेकजाँच गर्दैन । घरहरूको चेकजाँच गर्नुपर्ने निर्णय जतिसक्दो छिटो गर्नुपर्छ ।

इन्जिनियर खटाएर प्रत्येक घरको चेकजाँच गर्न जरुरी देखिन्छ । सरकारले यो निर्णय गरिदिने हो भने राज्यको ढुकुटीमा राजस्व आउँछ । अर्कोतिर जोखिमपूर्ण घर बनाउने क्रम पनि रोकिन्छ । राज्यले ढुंगा टाँस्ने र सिसा हाल्ने घरको नामसारी बन्द गर्नुपर्छ, राज्यले दिने अन्य सेवा सुविधामा पनि रोक लगाउनुपर्छ । घरहरूलाई पनि पञ्जीकरण गर्ने व्यवस्था गर्नुपर्छ । लगानी र आम्दानी दुवैको राजस्व राज्यले पाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *