बालुवाटार पुगेका उपेन्द्रलाई प्रचण्डले भने- फुट राम्रो होइन, मिलेर जानुस्
मकालु खबर
२०८१ वैशाख २५ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । गए राति स्वदेश फर्किएका बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुनेबारे परामर्शमा छन् । त्यसमा प्रधानमन्त्रीले कुनै पनि दल फुट्नु राम्रो नहुने बताएका छन् । उनले फुट्नु राम्रो नभएको भन्दै मिलेर जान आग्रह गरेको बताइन्छ ।
यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ । १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन् । अध्यक्ष यादवले पार्टी कार्यालय बालकुमारीमा सदीय दलको बैठक बोलाएका छन् ।
मकालु खबर
२०८१ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित