गण्डकी सरकार ढल्यो, सर्बोच्चद्वारा सुरेन्द्र पाण्डेका पक्षमा रिट जारी
२०८१ जेठ १४ गते

सर्बोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ती बदर गरिदिएको छ।
सोमबार न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सुरेन्द्र पाण्डेका पक्षमा रिट जारी गरिदिएको हो। यो फैसलासँगै गण्डकी सरकार ढलेको छ।
वैशाख २३ गते ६० सदस्यीय प्रदेश सभामा अधिकारीले विश्वासको मत लिँदा ३० सांसदको समर्थन पाएका थिए।
यसअघि वैशाख १७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले गण्डकी प्रदेशमा सभामुखसहित जम्मा सदस्य ६० जना रहे पनि ५९ जनाको मात्रै गणना गरी ३० सदस्य भए मुख्यमन्त्री दाबी गर्न बहुमत पुग्ने व्याख्या गरेको थियो।
अधिकारीले सभामुखलाई समेत गणना गरी मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। त्यसै आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
२०८१ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








