गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै तरुण दलकाे मसाल जुलुश

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ।

तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा र सहकारी ठगीबारे संसदीय छानबिन समिति ठगन गर्न माग गर्दै सोमबार साँझ चाबहिलमा मसाल जुलुश प्रदर्शन गरेको हो।

त्यसक्रममा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएका छन्।

कांग्रेसले लामो समयदेखि गृहमन्त्री लामिछानेमाथि छानविनको माग गर्दै आएको छ। तर सत्ता पक्ष उनीमाथि छानविन गर्न तयार छैन। यही कारण संसददेखि सडकसम्म कांग्रेसले आन्दोलन थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − five =