प्रभु बैंक र स्वस्तिक हेल्थ केयरबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर (CMO) रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्र (MOU) मा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराउने बैंकले जनाएको छ ।

स्वास्थ्यप्रति जागरूक नागरिकहरुकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परीक्षणका प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरूमा १० प्रतिशत देखि २५ प्रतिशत सम्मको छुट व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *