लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज सोमबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *