आइटिएफमा ७४ पदकको छिनोफानो

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङो लागेको छ । हालसम्म २५ स्वर्ण, २५ रजत र २४ काँस्य पदकको छिनोफानो लागेको हो । प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र २ कास्यसहित विभागीय टिम आर्मी सबैभन्दा अगाडि छ ।

गण्डकी प्रदेशले ५ स्वर्ण, ५ रजत र १ का स्य पदक सहित दोश्रो स्थान सुरक्षित गरेको छ । ५ स्वर्ण, २ रजत र २ कास्य पदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ । लुम्बिनी प्रदेशले १ स्वर्ण, ४ रजत र ८ कास्य पदक हाँसिल गरेको छ । प्रदेश १ ले २ स्वर्ण, ३ रजत र ३ काँस्य पदक जितेको छ ।

विभागीय टिम एपीएफ पदक तालिकामा १ स्वर्ण, २ रजत र ३ कास्य पदक बनाएको छ । कर्णाली प्रदेशले २ रजत र २ कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले ३ कास्य पदक हात पारेको छ । मधेश र सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनैपनि पदक जित्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =