महिला म्याराथनमा एपीएफकी वृन्द्रालाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला म्याराथनमा सशस्त्र प्रहरी बलकी वृन्द्राधन श्रेष्ठले स्वर्ण जितेकी छिन् ।

पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् । पुरुषतर्फ भने भारतीय सेनाका अनिश थापा मगरले स्वर्ण जितेका छन् । उनी गण्डकी प्रदेशबाट प्रतियोगितामा सहभागि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =