गण्डकीका अनिश मगरले जिते म्याराथनमा स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार विहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् । उनले २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गरे ।

भारतीय सेनामा कार्यरत अनिश नेपालका अधिकांश म्याराथनको उपाधी विजेता हुन् । गोरखामा हुने लिगलिगे दौडमा सबैभन्दा धेरै उपाधी उनैले जितेका छन् ।
प्रतियोगितामा नेपाली सेनाका धावक कृष्ण बस्नेत दोश्रो भए । उनले २ घण्टा २३ मिनेट १४ सेकेण्ड समय लगाए ।

तेस्रो स्थानमा सन्तोष विक्रम विष्ट आए । सशस्त्र प्रहरी बलका विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =