बाबरी फिल्मले शो नपाएको भन्दै आन्दोलन गर्ने नवल खड्काको चेतावनी (भिडिओ)

काठमाडौँ । चलचित्रकर्मीहरुले नेपाली चलचित्रलाई हलहरुले शो नदिएर चलचित्रनै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्रहरु भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

बाबरी चलचित्रका बिषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरु भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

उक्त चलचित्रका निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताए । निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताए ।

चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकोमा आपत्ती जनाए । बाबरी चलचित्रकी नायिका अदिती बुढाथोकीले नेपाली चलचित्रहरुको विकास गर्ने परिवेश निर्माण भएमा मात्र नेपालको हित हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *