नेपालमै पहिलो पटक कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ सम्पन्न (भिडिओ)

कपिलवस्तु । नेपालमै पहिलो पटक कपिलवस्तुमा साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता भएको छ ।

लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा स्थानिय प्रर्यटन प्रवर्धन तथा खेलकुदबाट स्वस्थ समाजको निमाण भन्ने नारा सहित उक्त कार्यक्रम सम्मपन्न भएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका राजापानीको पोखरीमा भएको प्रतियोगिता नेपालमै पहिलो पटक संचालन भएको आयोजकको दाबी छ ।

प्रतियोगिता सुरक्षाका हिसाबले पनि चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्ससंगै सिएण्डसि अस्पतालसंग पनि सहकार्य गरिएको थियो ।

१२ वर्ष भन्दा माथिका व्यक्ति सहभागी उक्त प्रतियोगितामा १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीको हकमा भने अनिवार्य अभिभावकको अनुमति लिनुपर्ने थियो ।

यस्तै १८ वर्ष भन्दा माथिका भने जटिल रोग नलागेका व्यक्ति हुनु पर्ने थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, द्धितिय हुनेलाई २५ हजार र तृतिय हुनेलाई १५ हजार र सान्त्वना हुनेले स्मार्ट वाच प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *