विवेकशील साझा हाँक्ने वैकल्पिक राजनीतिका अगुवाहरू, जसले दुत्कारे राप्रपा !

काठमाडाैँ । रवीन्द्र मिश्र बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भए, जाे वैकल्पिक र सुसंस्कृत राजनीति गर्ने ध्येयका साथ २०७४ सालमा गठन भएकाे साझा पार्टीका संस्थापक अध्यक्ष हुन् । ३० वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पार्टीलाई अपेक्षाकृत नतिजा दिलाउन नसकेकाे भन्दै जेठ ११ गते पदबाट राजीनामा दिएका मिश्र अन्तत: वरिष्ठ उपाध्यक्षका रूपमा राप्रपामा समाहित भए ।

उसाे त राप्रपामा जाँदाकाे बखत उनी एक्लै गएनन्, सँगै आफ्ना सहयाेद्धा-समर्थक र खासगरी वैचारिकरूपमा मिल्ने नेता/कार्यकर्ताहरू लिएर गए । तर, यत्ति हुँदैमा विवेकशील साझा पार्टी रित्ताे भने भएकाे छैन । पार्टीका प्रचारप्रसार विभागका संयाेजकसमेत रहेका प्रवक्ता प्रकाशचन्द्र परियार भन्छन्, ‘रवीन्द्रजीसँग केही साथीहरू जानुभयाे । तर अहिले पनि ७१.९ प्रतिशत साथीहरू त यतै हुनुहुन्छ । हामी आन्दाेलन छाड्दैनाैँ ।’ उनी पार्टीका संस्थापक अध्यक्ष पार्टीमा नरहँदा पनि आफूहरू पार्टीलाई ‘रन’ गराउन तत्पर रहेकाे सुनाउँछन् ।

जसै रवीन्द्रले राप्रपामा समाहित हुँदै गर्दा आफूसँग वैचारिक विमति राखेरै भएपनि विवेकशील साझा पार्टी हाँक्नेहरूलाई सम्झन भने बिर्सेनन् । विवेकशील साझा पार्टी छाड्दा आफूलाई पीडा भएकाे उल्लेख गर्दै मिश्रले भनेका थिए— ‘कम पीडा र अप्ठ्याराेलेचाहिँ विवेकशील साझा पार्टी छाडेकाे छैन ।’ अध्यक्ष समीक्षा बाँस्काेटाकाे नामै लिएर मिश्रले पार्टी हाँक्न समीक्षासँगै प्रवक्ता प्रकाशचन्द्र परियारहरू काफी भएकाे बताए ।

हुन पनि विवेकशील साझामा अझै त्यस्ता अनुहारहरू छन्, जसले पार्टीलाई आफ्नाे आन्दाेलनबाट विमुख हुन दिँदैनन् । यहाँ ती नै अनुहारहरूलाई समेटिएकाे छ ।

जसले राप्रपा दुत्कारे—

१‍. डाक्टर उमेद पुन
२. किशोर थापा
३. प्रकाशचन्द्र परियार
४. राम साह
५. समीक्षा बाँस्कोटा
६. प्रदीप थापा
७. रञ्जु दर्शना
८. केशव दाहाल
९. नवराज थापा
१०. मिलन पाण्डे
११. सरोज गाैतम
१२. विराजभक्त श्रेष्ठ
१३. पवित्रा थापा
१४. सुबुना बस्नेत
१५. घनश्याम विश्वकर्मा
१६. सुरज प्रधान
१७. सञ्जीव भट्टराई
१८. रजीया बानु
१९. प्रमेश श्रेष्ठ
२०. समुन्द्र केसी
२१. आशुतोष प्रधान
२२. अमलेश कर्ण
२३. उत्तम निराैला
२४. किर्ती तुलाधर
२५. जमुना सुवेदी
२६. पुष्पा सापकोटा
२७. डाक्टर तारा काफ्ले
२८. यमनारायण खनाल
२९. रमेश विष्ट
३०. रमन सुवेदी
३१. अनिल भेटवाल
३०. विकास मानव श्रेष्ठ
३१. शारदा रिजाल
३२. कल्पित पाण्डे
३३. सरस्वती पन्थी भुषाल
३४. डा. सुमित्रासिंह लामा
३५. सस्मित पोखरेल
३६. सुदर्शनराज शर्मा
३७. सुमित्रा गुरुङ
३८. सुशील देवकोटा
३९. हरिकृष्ण श्रेष्ठ
४०. हिरामणि पाैडेल
४१. कृष्णप्रसाद भट्टराई
४२. डा.नन्द काप्री
४३. सञ्जय बराल

प्रतिक्रिया

One thought on “विवेकशील साझा हाँक्ने वैकल्पिक राजनीतिका अगुवाहरू, जसले दुत्कारे राप्रपा !

  1. माथि उल्लिखित धेरै नामहरूले यस अघि नै पार्टीबाट राजीनामा दिएका, दल त्याग गरेका र कारबाहीमा परेको अवस्था हो। सार्वजनिक रूपमा नै आएको जानकारीलाई समेत गोलमटोल पारेर लेख्नु कहाँ सम्मको नालायक पत्रकारिता हो यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *