‘साम्स् कप–२०७९’ को उपाधी सैनिक आवासीयलाई

सुर्खेत । सुर्खेतको सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको ‘साम्स् कप–२०७९’ शनिबार सम्पन्न भएको छ । अतिरिक्त शैक्षिक क्रियाकलाप विभागको सजिकरण तथा खेलकुद शिक्षक उत्तम खड्काको संयोजकत्वमा असोज ५ गते बुधबारबाट ‘साम्स् कप’ शुरू भएको थियो ।  सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित वीरेन्द्रनगरका अन्तर माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता–२०७९ मा ११ विद्यालयका १२ टिम सहभागी भएका थिए ।

उपाधी विजेताका लागि शनिबार भएको सैनिक आवासीय महाविद्यालय र ईगरब्रीज माध्यमिक विद्यालय बीच भएको खेलमा सैनिक आवासीय महाविद्यालय ४–० ले विजयी भएको छ । समापन सत्रको कार्यक्रमको उद्घाटन पश्चिम कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति तथा सैनिक आवासीय महाविद्यालय संचालक समिति अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि उपरथि हिरालाल जोशीले कार्यक्रममा बोल्दै उहाँले खेलको आयोजना गरेकोमा सैनिक स्कुललाई तथा खेलाडी विद्यार्थीले देखाएको अनुशासन लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु हुनुपर्ने उनको भनाइ छ ।

‘साम्स् कप – २०७९’ को उपाधी सैनिकलाई

‘साम्स् कप–२०७९ को उपाधी सैनिक आवासीय महाविद्यालयले जितेको छ । शनिबार भएको अन्तिम खेलमा ईगरब्रीज आवासीय माध्यामिक विद्यालयलाई ४–० गोलले पराजित गर्दै सैनिक आवासीयले उपाधी हात पारेको हो। ईगरब्रीजलाई ४–० मा पराजित गर्न सैनिक आवासीयका खेलाडी सुशील वलीले खेलको पहिलो हाफमा २ गोल गर्दै २–० को अग्रता बनाए ।

यस्तै दोस्रो हाफमा सैनिक आवासीयकै खेलाडी भरत रानाले २ गोल थप्दै खेलको अग्रता बढाए । खेलको अन्तिम समयसम्म दवाबमा रहेको ईगरब्रीजले कुनै गोल फर्काउन नसक्दा ‘साम्स् कप’ को उपाधी सैनिक आवासीय महाविद्यालयले जित्यो। साथै, ईगरब्रीज माध्यामिक विद्यालय उपविजेता बन्यो। यसअघि सैनिक आवासीयले आदर्श मेमोरियल सेकेण्डरी स्कुल, जन नमुना माध्यामिक विद्यालय र उषा वालबाटीका तथा ईगरब्रीजले साउथ एसिएन स्कलर्स एकेडेमी, सैनिक आवासीय महाविद्यालय ‘बी’ र कोपिला भ्याली स्कुललाई पराजित गर्दै फाईनलमा पुगेका थिए।

‘साम्स् कप–२०७९’ को विजेता अवार्ड सैनिक आवासीय महाविद्यालयलाई र उपविजेता अवार्ड ईगरव्रीज माध्यामिक विद्यालयलाई प्रदान गरिएको छ। यस्तै निष्पक्ष खेलको अवार्ड कोपिला भ्यालीले प्राप्त गरेको छ। साथै, उत्कृष्ट खेलाडी अवार्ड सैनिक आवासीयका विरेन्द्र थापा, उत्कृष्ट गोलरक्षक अवार्ड सैनिक आवासीयका युवक थापा, राईजिङ्ग प्लेयर अवार्ड ईगरव्रीजका चेतन थापा र खेलका सबैभन्दा धेरै ७ गोल गर्ने सैनिक आवासीयका सुशील वलीले धेरै गोल गर्ने अवार्ड पाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *