सुरु भयाे नाडा इभी एक्सपो : भृकुटीमण्डपमा दर्जनौँ ब्राण्डका विद्युतीय सवारीको प्रर्दशनी

काठमाडौँ । भृकुटीमण्डपमा बिहीबारदेखि विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् ।

नाडा अटोमोबाइल एशोसिएसनको आयोजनामा सुरु भएको उक्त मेलामा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल प्रदर्शनमा राखिएका छन् ।

मेलामा सिप्रदी ट्रेडिङ कम्पनीले टाटाका विद्युतीय गाडीहरु नेक्सन इभी, नेक्सन इभी डार्क र टिगोर इभीलाई प्रदर्शनीमा राखेको छ । यी गाडी प्रदर्शनी स्थलबाटै बुक गर्नेका लागि आकर्षक छुट तथा सुविधाको योजना पनि ल्याएको जनाएको छ । त्यस्तै लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका विद्युतीय कारहरु हुन्डाइत आयोनिक–५ र कोना कार प्रदर्शनमा राखेको छ ।

त्यस्तै एनइभी नेपाल प्रालीले ज्याक इभी प्रदर्शनीमा राखेको छ । विश्व प्रसिद्ध ब्रान्ड टेस्लाले पनि टेस्ला बाई मोडका विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ ।

श्री इको भिजनरीले सिटी स्प्रिट र लङमा गाडी प्रदर्शनीमा राखेको छ। सिजी मोटर्सले नेटा भी प्रदर्शनीमा राखेको छ।

मोटरसाइकल तथा स्कुटरतर्फ लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीले हिरो इलेक्ट्रिक स्कुटर एक्स्पोमा राखेको छ । यी सवारी बुकिङ गर्न मेलामा जम्मा १० हजार रुपैयाँ तिरे पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक हिरोका यी स्कुटर तथा मोटरसाइकल खरिदमा २५ हजार रुपैयाँसम्मको गिफ्ट ह्याम्पर, लक्की ड्रमा जर्मन ब्राण्ड बोस्चको वासिङ मेसिन लगायत जित्न सकिने जनाएको छ ।

सेगवे, टेल्जी, लेभनेङ, एनआईयु, याडिया, जीहो, डुहान, जोए, आइमा, प्युर र लेक्टो ब्रान्डका स्कुटर तथा बाइक मेलामा राखिएका छन् ।

बिहीबारबाट सुरू भएकाे उक्त एक्सपाे ९ असाेजसम्म चल्ने नाडाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *