विवेकशील साझा पार्टीकाे प्रवक्तामा प्रकाशचन्द्र परियार

काठमाडाैँ । विवेकशील साझा पार्टीकाे प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन् । पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय व्यवस्थापन उपप्रमुख नवराज थापाद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार परियारलाई पार्टी विधानकाे भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएकाे हाे ।

परियार, विवेकशील साझा पार्टीका संस्थापक नेतामध्येका एक हुन् । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारीमा रहँदै आएका उनी हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत हुन् ।

को हुन् प्रवक्ता परियार ?

प्रकाशचन्द्र परियार, विवेकशील साझा पार्टीका संस्थापक नेतामध्येका एक हुन् । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन् ।

परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कृयाशील छन् । एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन् ।

परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन् । सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिएसम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन् । नेता परियार सुनसरी इटहरीका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *