चितवनमा ‘पठाओ’ ८ असोजदेखि सुरु हुने

काठमाडौँ । असोज ८ गतेदेखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यसअघि राजधानीबाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो ।

चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्लाटफर्ममा युवाको आकर्षण बढी रहेको कम्पनीले जनाएको छ ।

यात्रुलई सहज सेवा दिन पठाओ सुरु गर्न लागेको र यसको सबै तयारी पूरा भएको कम्पनीले जनाएको छ ।

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *