साेलुखुम्बु आएर प्रचण्डले भने- ‘विकासको मोडेल थुलुङ दुधकोशीबाट सिक्नुपर्‍याे’

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासकाे माेडेल थुलुङ दुधकाेशी गाउँपालिकाबाट सिक्नुपर्ने बताएका छन् । साेमबार (आज) जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिका निर्मित विभिन्न भाैतिक संरचनाहरूकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । ‘केन्द्र र प्रदेश सरकारसँग मिलेर पालिका विकासमा असिम राईजीले खेलेको भूमिका निकै दूरगामी छ,’ उनले भनकाे छन्, ‘थुलुङ दुधकोशीबाट विकासको मोडेल सिक्ने दिन आएकाे छ ।’

उनले साेलुखुम्बु आफैँमा निकै रमणीय रहेकाे भन्दै त्यसमा थुलुङ दुधकाेशीकाे उत्कृष्ट कामले थप साथ दिएकाे बताए । उनले पालिका अध्यक्ष असिम राईकाे प्रशंसा गर्दै भनेका छन्, ‘उहाँ (असिम राई) ले मैले नसाेचेकाे काम गर्नुभएकाे रहेछ । राम्राे साेलुखुम्बुलाई उहाँकाे कामले अझै राम्राे बनाएकाे छ ।’

‘समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउँछाैँ’

उनले समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउनुपर्ने दाेहाेर्‍याए । ‘संघीय निजामती ऐन र सुरक्षा ऐनहरू बनाउन बाँकी छ । संविधानको सफल कार्यान्वयनमार्फत तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ठूलो अभिभारा बाँकी नै छ,’ उनले भनेका छन्, ‘तर हामीले समाजवादमार्फत नै समृद्ध बनाउने हाे मुलुकलाई ।’

उनले आफूले पुन: देशकाे नेतृत्व सम्हाल्न खाेजिरहेकाे संकेत गरे । जनयुद्ध र शान्ति प्रक्रिया आफ्नै नेतृत्वमा सम्पन्न भएकाे दृष्टान्त सुनाउँदै उनले भनेका छन्, ‘अब देशको विकास र समृद्धिमा पनि एकपटक नेतृत्व गर्ने उत्कट चाहना छ । समाजवादी मुलुक नेपालको एकपटक नेतृत्व गर्ने चाहना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *