सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापनको प्रगति विवरण ७ दिनभित्र बुझाउन कानून समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसम्बन्धी समितिले यसअघि दिएका निर्देशनहरूको कार्यान्वयन अवस्थाबारे सात दिनभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति समिक्षा बास्कोटाले सुकुम्बासी तथा अव्यवस्थित बस्तीको भूमि व्यवस्थापनका सम्बन्धमा हालसम्म भएका कामकारबाहीको विस्तृत विवरण सात दिनभित्र उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्राचार गर्ने निर्णय गरिएको बताइन् ।

बैठकले बाल सुधार गृहमा मानवअधिकारको अवस्थाबारे सरकारसँग सुझाव लिने समेत निर्णय गरेको उनले बताइन् । समितिले सुकुम्बासी तथा भूमिहीना नागरिकको उचित व्यवस्थापन गर्न सरकारलाई सुझावसहित निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =